+
+
Shares

विद्युत् प्राधिकरण भरतपुर प्रमुखमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १४:१६

१३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि हातपात गर्नेलाई कानुन अनुसार कारबाही गर्न नेपाल विद्युत् प्राधिकरण कल्याण परिषद् र नपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनिनयले माग गरेका छन् ।

दुवै संगठनले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गर्ने जो केही भए पनि पक्राउ गरी कानुन अनुसार कारबाही गर्न माग गरेका हुन् ।

घटनाको वास्तविकता एवं सत्यतथ्य नबुझी हठात रूपमा सो विषयलाई सामाजिक सञ्जालमा पोष्ट गरी कार्यालयको वातावरण प्रतिकूल बनाउने कार्य गर्ने सोहो वितरण केन्द्रका कर्मचारीमाथि विभागीय कार्बाही गर्न समेत उनीहरूले माग गरेका छन् ।

विद्युत् जस्तो जनताको अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा अहोरात्रा खटिने कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्ने, डिजिटल सूचना ह्याक गर्ने व्यक्ति पत्ता लगाइ कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।

मंगलबार नेकपा एमाले निकट युवा संघका कार्यकर्ताले केन्द्रका कार्यालय प्रमुखमाथि हातपात गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका थिए ।

वितरण केन्द्रको डिजिटल सूचना बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित सूचना प्रकाशन भएको विषयमा ज्ञापनपत्र बुझाउन जाँदा कार्यालय प्रमुख श्रेष्ठले दुर्व्यवहार गरेको युवा संघको आरोप छ ।

युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारीले कार्यालय प्रमुख श्रेष्ठकै गलत व्यवहारले तोडफोडको अवस्था सिर्जना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?