+
+
Shares

बिलबिजक बिनाका सुनका गहना बेच्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १६:१४

१३ चैत, काठमाडौं । बिलबिजक बिनाका सुनका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ४१ वर्षीय दीपेश लाल चित्रकार छन् ।

उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको को ।

उनले बिलबिजक बिनाका सुनका गरगहना बेच्दै हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीबाट विभिन्न आकारका सुनका करिब १० तोला बराबरका गरगहना बरामद भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?