+
+
Shares

विपक्षीलाई प्रधानमन्त्रीले भने- उत्ताउलो नहुनुस्, चिसै पानीले नुहाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १६:४६
तस्वीर : आर्यन धिमाल

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाति पिटिपिटी भएको टिप्पणी गर्दै उनले यसबारे जवाफ दिन आवश्यक नभएको बताए ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ प्रधानमन्त्री ओलीले भने ।

उनले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेका पनि टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?