+
+
Shares

बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १७:१८

१३ चैत, काभ्रे । काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको ज्यान गएको छ ।

बनेपा नगरपालिका वडा नं ४ मा बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको हो ।

उक्त गाडी उनका बाबू सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं १ घर भएका बराल नालामा परिवारसहित बस्दै आएक थिए ।

स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।

उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिए ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?