+

एपीएफ तिलोत्तमा गोल्डकपको फाइनलमा

२०८१ चैत  १३ गते १८:१७ २०८१ चैत १३ गते १८:१७

संकटालाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ तिलोत्तमा गोल्डकपको फाइनल प्रवेश गरेको हो ।

एपीएफ तिलोत्तमा गोल्डकपको फाइनलमा

१३ चैत, बुटवल । सशस्त्र प्रहरीको एपीएफ क्लब तिलोत्तमा गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफ गोल रहित रहेको खेलमा एपीएफको जितका लागि दोस्रो हाफको अन्त्यमा फरवार्ड खेलाडी युवराज खड्काले निर्णायक गोल गरे । खड्का म्यान अफ द म्याच समेत घोषित भए ।

अब एपीएफले उपाधिका लागि मच्छिन्द्र एफसी र चर्च ब्वायज युनाइटेडबीच हुने अन्तिम सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

तिलोत्तमा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय