+

घानाका स्ट्राइकर फिलिप अजा बुटवल लुम्बिनीमा

२०८१ चैत  १३ गते २०:५२ २०८१ चैत १३ गते २०:५२
घानाका स्ट्राइकर फिलिप अजा बुटवल लुम्बिनीमा

१३ चैत, काठमाडौं । बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि घानाका स्ट्राइकर टेटे फिलिप अजालाई अनुबन्ध गरेको छ । क्लबले अजालाई छैटौं विदेशी खेलाडीको रुपमा अनबन्ध गर्दै उनको आगमनको औपचारिक घोषणा गरेको हो ।

यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकेल ओजिदीझा तमारा, इंग्लिस डिफेण्डर नाथन माभिला, स्कटिस मिडफिल्डर फ्रांक रोस, जापानका मिडफिल्डर केन्टा हारा र इंग्लिस डिफेण्डर एडम मिट्टरलाई अनुबन्ध गरिसकेको छ ।

२६ वर्षीय अजाले विभिन्न देशका लिगमा खेलेको अनुभव छ । साथै उनले ती हरूमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । उनले इथियोपियाको सिडामा कफी, बंगलादेशको शेख जमाल धनमोन्डी, भारतको गोकुलम केरला एफसी र मोहम्मडन स्पोर्टिङ क्लबमा खेलिसकेका छन् । इथियोपियन प्रिमियर लिगमा उनले आठ खेलमा चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

व्यावसायिक करियरमा अजाले ६४ खेल खेल्दै ३८ गोल गरेका छन् र ६ असिस्ट प्रदान गरेका छन् । बुटवल लुम्बिनी एफसीले अजाको आगमनले टोलीका लागि ठूलो फाइदा हुने विश्वास राखेको छ । ‘टेटे फिलिप अजा एक कुशल स्ट्राइकर हुन् । उनको गोल गर्ने क्षमता र अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेछ,’ बुटवल लुम्बिनी एफसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अजाले स्वास्थ्य परीक्षण पूरा गरिसकेको र उनी चाँडै टोलीसँग प्रशिक्षणमा सामेल हुने क्लबले जनाएको छ । एनएसएल २०२५ मा अजाले टोलीका लागि महत्वपूर्ण भूमिका खेल्ने क्लबको अपेक्षा छ ।

बुटवल लुम्बिनीले यस पटक टिमको मार्की प्लेअरमा राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई अनुबन्ध गरेको छ भने भुटानका एएफसी प्रो लाइसेन्स प्राप्त पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

यस्तै अघिल्लो सिजन मार्की तथा कप्तान रहेका राष्ट्रिय टिमका मिडफिल्डर एरिक विष्टसहित डिफेण्डर सरोज तामाङ र फरवार्ड निराजन धामीलाई पनि बुटवलले रिटेन गरेको थियो ।

यसबाहेक बुटवल लुम्बिनीले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर दीप कार्की र राष्ट्रिय टिममा परिसकेका अर्का गोलकिपर टिकेन्द्र थापालाई पनि अनुबन्ध गरेको छ । राष्ट्रिय टिमका खेलाडीहरु र अनुभवी विदेशी खेलाडीहरुलाई अनुबन्ध गरेर बुटवल लुम्बिनीले सन्तुलित टोली बनाएको छ ।

एनएसएलको तेस्रो संस्करण यही चैत १६ गते शनिवारदेखि सुरु हुँदैछ ।

एनएसएल ३.० नेपाल सुपर लिग बुटवल लुम्बिनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय