+

पोखरा थण्डर्सले भित्र्यायो दुई विदेशी खेलाडी

२०८१ चैत  १३ गते २१:१९ २०८१ चैत १३ गते २१:१९
पोखरा थण्डर्सले भित्र्यायो दुई विदेशी खेलाडी

३ चैत, काठमाडौं । पोखरा थण्डर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि दुई विदेशी खेलाडीलाई बुधबार सार्वजनिक गरेको छ ।

पोखराले उज्वेकिस्तानका साइददोस्तोन जाफारोभ र क्यामरुनका बिएस्सी न्याक्वेलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

पोखराले अहिलेसम्म ४ विदेशी खेलाडी अनुबन्ध गरेको छ भने अझै २ विदेशी घोषणा गर्न बाँकी छ ।

पोखराले यसअघि नेपालमा ए डिभिजन लिग र एनएसएलको अनुभव लिइसकेका फरवार्ड स्टेफन समिर विनोङ र नाइजेरियन भेट्रान फरवार्ड माइकल इजेजी चुक्वुबुन्नालाई अनुबन्ध गरिसकेको छ ।

दुई विदेशी खेलाडी घोषणा गरेपछि पोखराले टिमलाई सन्तुलित बनाएको छ ।

राष्ट्रिय टिमबाट खेलिसकेका युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की खेलाडी बनाएको पोखराले एनएसएको दोस्रो संस्करणको मार्की आयुष घलानलाई नयाँ कप्तान चय गरिसकेको छ ।

यस्तै पहिलो सिजन पोखराको मार्की रहेको फरवार्ड नवयुग श्रेष्ठ पनि तेस्रो संस्करणमा पोखरामै फर्किएका छन् ।

पोखराले तेस्रो संस्करणका लागि मार्की प्लेअरसँगै मुख्य प्रशिक्षक पनि नयाँ अनुबन्ध गरेको छ । सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरे पोखराले कोचिङ स्टाफ नै परिवर्तन गरेको छ ।

एनएसएलको दोस्रो संस्करणको लिग चरणमा शीर्ष स्थानमा रहेर पनि दुवै क्वालिफायरमा पराजित हुँदा पोखराको उपाधि जित्ने लक्ष्य अधुरै रहेको थियो ।

पोखराले तेस्रो संस्करणका लागि राष्ट्रिय टिमका मिडफिल्डर आयुषसँगै क्याटेगोरी डिफेण्डर पदम भट्टराई र नरेन्द्र चौधरीलाई रिटेन गरेको थियो । यस्तै पोखराले राष्ट्रिय टिमबाट खेलिसकेका मिडफिल्डर सुरज ज्यु ठकुरी लगायत खेलाडीलाई अक्सनबाट अनुबन्ध गरेको थियो ।

यही चैत १६ गतेदेखि सुरु हुने एनएसएलमा पोखराले चैत १८ गते एफसी चितवनसँग पहिलो खेल खेल्नेछ ।

एनएसएल ३.० नेपाल सुपर लिग पोखरा थण्डर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय