
१४ चैत, काठमाडौं । पछिल्लो तीन महिनामा एभोकाडोको भाउ दोब्बरभन्दा धेरै बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची हेर्दा बजारमा एभोकाडोको भाउ बढेको हो ।
तीन महिनाअघि एभोकाडो प्रतिकिलो २ सय २० देखि ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
गएको माघ दोस्रो साता बजारमा एभोकाडोको थोक भाउ किलोको ४ सयदेखि ४ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि फागुन दोस्रो साता आइपुग्दा एभोकाडोको भाउ बढेर ५ सय ८० देखि ६ सय रुपैयाँसम्म पुगेको थियो ।
कालीमाटी बजारमा आज बिहीबार एभोकाडोको भाउ किलोको अधिकतम ६ सय ५० र औसत ६ सय २६ रुपैयाँ कायम छ ।
फलफूल व्यवसायीका अनुसार बजार मागअनुसार एभोकाडो आपूर्ति नभएकाले मूल्य बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4