
१४ चैत, काठमाडौं । पाटन क्याम्पसमा मतदाता कार्ड विवादका कारण रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव १६ चैतमा हुने भएको छ ।
५ चैतमा ११९ मत खसेपति रोकिएको मतदान प्रक्रिया विद्यार्थी संगठनबीच सहमति भएपछि १६ चैतमा गर्न लागिएको क्याम्पस प्रमुख रघुवीर विष्टले बताए ।
‘विद्यार्थी संगठनकै सहमतिमा चुनावको मिति प्रस्ताव गरिएको हो । त्यही मितिमा चुनाव गर्न लागेका हौं,’ उनले भने ।
मतदाता कार्डको विषयमा विवाद भएपछि ५ चैतमा मतदान रोकिएको थियो । खसेको ११९ मत पनि गणना गर्ने सहमति भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4