+

गर्भपातपछि फेरि महिनावारी सुरु हुन कति समय लाग्छ ?

२०८१ चैत  १४ गते १६:४० २०८१ चैत १४ गते १६:४०
गर्भपातपछि फेरि महिनावारी सुरु हुन कति समय लाग्छ ?

गर्भपात महिलाहरूका लागि एक कठिन समय हो । यो समयमा महिलाहरू शारीरिक र मानसिक दुवै समस्याबाट पीडित हुन्छन् । गर्भपातपछि शरीरमा केही हर्मोनल परिवर्तन आउँछ । हर्मोनल परिवर्तनका कारण महिलाको भावनात्मक स्वास्थ्यमा पनि परिवर्तन हुन्छ ।

यस्तोमा धेरै ख्याल राख्ने र हेरचाहको जरुरी हुन्छ । गर्भपातका कारण माहिनावारीको चक्रमा असर गर्छ । महिनावारी नियमित हुनका लागि केही समय लाग्न सक्छ ।

गर्भपातपछि कति समय लाग्छ त महिनावारी सुरु हुन ?

गर्भपातपछि कति समयपछि महिनावारी सुरु हुन्छ  भनेर ठ्याक्कै भन्न कठिन हुन्छ । महिलाअनुसार समय फरक–फरक हुनसक्छ । हर्मोनको असन्तुलन, महिलाको स्वास्थ्य अवस्था जस्ता कुराले यसमा भूमिका खेलेको हुन्छ।

धेरैजसो केसमा ४ देखि ६ हप्तापछि महिनावारी सुरु हुन्छ । कोही महिलामा भने गर्भपात भएको लामो समयसम्म महिनावारी सुरु नहुनसक्छ । गर्भअवस्थामा कुनै जटिल समस्या भएको खण्डमा वा गर्भवती भएको पछिल्लो महिनातिर गर्भपात भएको खण्डमा महिनावारी सुरु हुन लामो समय लाग्न सक्छ ।

हर्मोन नियमित हुनका लागि समय लाग्छ

गर्भपातपछि महिलाको शरीरमा हर्मोन नियमित हुनका लागि समय लाग्न सक्छ । गर्भावस्थामा महिलाको शरीरमा ‘ह्युमन कोरियोनिक गोनाडोट्रोपिन’ हर्मोन उत्पादन भएको हुन्छ। यसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भनिन्छ ।

फेरि महिनावारी सुरु हुनका लागि शरीरमा यो हर्मोनको मात्रा शून्यमा झर्नुपर्छ । गर्भपात अपूरो छ वा यसमा यदि डी एण्ड सी(डाइलेसन एण्ड क्युरेटेज) जस्ता चिकित्सकीय सहायता आवश्यक भएको खण्डमा महिनावारी सुरु हुनका लागि लामो समयको उपचार आवश्यक हुनसक्छ ।

जब गर्भपातपछि महिनावारी सुरु हुन्छ, त्यो समान्य अवस्थाको भन्दा फरक हुन पनि सक्छ । कोही महिलामा धेरै रगत बग्ने समस्या देखिन सक्छ । कोही महिलालाई तल्लो पेट धेरै दुख्ने समस्या हुन पनि सक्छ ।

शारीरिक र मानसिक समस्याका कारण महिनावारी अनियमित हुने समस्या पनि देखिन  सक्छ ।

यी कुरामा ध्यान दिनुपर्छ

–यदि गर्भपात भएको ८ हप्तासम्म पनि महिनावारी सुरु नभएको खण्डमा यो कुनै संक्रमणको कारण बन्न सक्छ ।

–गर्भपातपछि ज्वरो आउने, गन्ध आउने वा धेरै दुखाइ जस्ता लक्षण भएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिने र स्वास्थ्य संस्था जानुपर्छ ।

–गर्भपातपछि तुरुन्तै फेरि गर्भधारण गर्नु हुँदैन । शरीरलाई समान्य अवस्थामा फर्कन दिनुपर्छ ।

गर्भपात महिनावारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भपातपछि फेरि महिनावारी सुरु हुन कति समय लाग्छ ?

गर्भपातपछि फेरि महिनावारी सुरु हुन कति समय लाग्छ ?

घुँडाको जोर्नी प्रत्यारोपण कसरी गरिन्छ, कति लाग्छ खर्च ?

घुँडाको जोर्नी प्रत्यारोपण कसरी गरिन्छ, कति लाग्छ खर्च ?

राजपरिवारलाई सेवा दिई ‘शाही चिकित्सक’ उपाधि पाएका डा. श्रेष्ठको निधन

राजपरिवारलाई सेवा दिई ‘शाही चिकित्सक’ उपाधि पाएका डा. श्रेष्ठको निधन

तौल घटाउन ‘वाटर फास्टिङ’ बस्दा किशोरीको मृत्यु, के हो ‘वाटर फास्टिङ’ ?

तौल घटाउन ‘वाटर फास्टिङ’ बस्दा किशोरीको मृत्यु, के हो ‘वाटर फास्टिङ’ ?

किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?

बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?