
१४ चैत, काठमाडौं। आमरुपमा बजारमा उपलब्ध एप्पलका फोनकोहरु एन्ड्रोइड स्मार्टफोनको तुलनामा अधिक महंगा हुन्छन् । एप्पलको सबैभन्दा सस्तो स्मार्टफोनको मूल्य नै यतिधेरै हुन्छ कि त्यो मूल्यमा दुईवटा प्रिमियम एन्ड्रोइड स्मार्टफोन नै आउँछन् ।
आखिर उहीँ काम गर्ने स्मार्टफोनहरु बीचको मूल्यको यतिधेरै अन्तर किन होला ? वास्तवमा स्मार्टफोनको मूल्य तयर हुनुका पछाडि विभिन्न कारण हुन्छन् । त्यसमा पनि सबैभन्दा ठूलो तत्व चाहीँ त्यसमा पाइने सफ्टवेयर अर्थात् अपरेटिंग सिस्टम हुन्छ । यसले नै कुनैपनि स्मार्टफोनले कसरी काम गर्छ भन्ने कुरा तय गर्दछ ।
अपरेटिंग सिस्टमले नै फोनको पर्फर्मेन्स, सुरक्षा तथा फिचरहरु तय गर्दछ । एप्पलको आइओएस वाला फोन महंगो पर्नुको मूख्य कारण यहीँ अपरेटिंग सिस्टम नै हो ।
सफ्टवेयरका कारण फोनको मूल्यमा अन्तर
आइओएस तथा एन्ड्रोइड दुबैको सफ्टवेयर भिन्न भिन्न तरिकाले विकास गरिएको हुन्छ । एप्पल आइओएसको सफ्टवेयर पूर्ण रुपमा एप्पलको नियन्त्तणमा हुन्छ ।आइओएसमा अपडेटदेखि लिएर नयाँ फिचरहरु जोड्ने सम्मको सम्पूर्ण काम एप्पल आफैले गर्दछ । एप्पल एक प्रोप्राइटरी सफ्टवेयर हो जसमा परिवर्तन गर्ने अधिकार केवल एप्पलसँग मात्रै हुन्छ ।
अर्कोतर्फ गुगलको एन्ड्रोइड चाहीँ ओपन सोर्स हुन्छ । अर्थात् यसमा कुनैपनि स्मार्टफोन कम्पनीले आफ्नो चाहना अनुसार परिवर्तन गर्न सक्दछ । सामसुंग, साओमी, ओप्पो, मोटोरोला जस्ता विभिन्न स्मार्टफोन कम्पनीहरुले एन्ड्रोइडलाई आफ्नो हिसाबले कस्टमाइज गरेर फोन लन्च गर्दछन् । सोही कारण एन्ड्रोइड डिभाइसहरुको मूल्यमा पनि ठूलो अन्तर पाइन्छ ।
विकास तथा अनुसन्धान
आइओएस सफ्टवेयरहरु एप्पलले आफ्नै रेखदेखमा विकास गर्दछ । यसमा कुनै दोश्रो कम्पनीको हस्तक्षेप हुँदैन । सोही कारणले गर्दा यसको विकासमा भारी खर्च हुन्छ । आइओएसको केवल एउटा डेभलपर हुनुका कारणले एप्पलका फोनको मूल्यको पूर्ण नियन्त्रण एप्पलसँग हुन्छ र सोही कारण एप्पलका फोन महंगो पर्दछन् ।
अर्कोतर्फ एन्ड्रोइड स्मार्टफोन विभिन्न कम्पनीहरुले निर्माण गर्दछन् । त्यसैले फोनको निर्माणमा कम खर्च आउँछ । बजारमा अधिक विकल्प भएका कारणले गर्दा कम्पनीहरुले मूल्य पनि कम राखेका हुन्छन्।
सुरक्षा तथा गोपनियता
एप्पलले आइओएसलाई आफ्नो नियन्त्रणमा राख्दछ । ओपन सोर्स नहुनुका कारणले गार्द एप्पलका डिभाइस निकै सुरक्षित हुन्छन् । यसमा भाइरस तथा ह्याकिंगको खतरा पनि कम रहन्छ । एप्पलले आफ्ना डिभाइसको सुरक्षास्तर उच्च राख्दछ, जसका कारण मूल्य पनि बढ्दछ ।
उता एन्ड्रोइड स्मार्टफोनमा सुरक्षा फिचर्स मजबुत त हुन्छन् तर ओपन सोर्स सफ्टवेयर हुनुका कारणले त्यसलाई कम्पनीहरुले आफ्नो अनुरुप कस्टमाइज गर्दछन् । सोही कारणले एन्ड्रोइड फोनमा सेफ्टी तथा प्राइभेसी स्टाण्डर्ड पनि फरक फरक हुन्छ । एन्ड्रोइडका सस्तो फोनमा कम सुरक्षा प्राप्त हुन्छ, जबकि प्रिमियम फोनको सुरक्षास्तर उच्च हुन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4