
१४ चैत, काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा पर्ने कर्मनाशा खोला किनारको सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।
कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले पनि आठ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताए । यो प्रकरणा थप व्यक्ति पक्राउ पर्न बाँकी नै रहेको बताउँदै उनले नाम भने खुलाउन चाहेनन् ।
पक्राउ परेकाहरुविरुद्ध कीर्तेको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । कर्मनाशा खोलाले धार परिवर्तन गरेपछिको बगर उनीहरुले आफ्नो नाममा ल्याएर हिनामिना गरेको आरोप छ । कति जग्गा हिनामिना भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै रहेको एसपी रेग्मीको भनाइ छ ।
‘हामी प्रारम्भिक अनुसन्धानको चरणमा छौं । सबै कुरा अहिले खुलिसकेको छैन’ उनले भने ।
प्रतिक्रिया 4