
१४ चैत, काठमाडौं । बराल ग्रुप अन्तर्गत सञ्चालनमा रहेका एलिट मोटर्स प्रालि (निसान, ओमोडा एन्ड जेइको र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रालि (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर) ले ‘वाडा अटो सो २०२५’ का लागि आकर्षक अफर सार्वजनिक गरेका छन् ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) द्वारा शुक्रबारदेखि सुरु गरिने ‘वाडा अटो शो २०२५’ मा शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन लगायतको सहकार्य र सहभागिता रहने छ । अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको प्रदर्शनीका रूपमा रहेको ‘वाडा अटो सो २०२५’ पोखराको अमरसिंह मैदानमा १८ चैतसम्म सञ्चालन हुनेछ ।
अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गरेको छ, जहाँ सहभागी तथा दर्शकले अत्याधुनिक गाडीहरू अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरको लाभ लिन सक्नेछन् ।
प्रदर्शनीमा शारडा ग्रुप अन्तर्गत ओमोडा एन्ड जेइको, निसान र जिकर ब्रान्ड स्टल नम्बर ‘ए–सिक्स’ र ‘ए–सेभेन’मा प्रस्तुत गरिने छ । यस्तैगरी गोल्छा ग्रुपले स्टल नम्बर ‘ए–टु)’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गरिएको छ ।
ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव लाभहरू सहित ‘वन इयर अफ इनोभेसन’ को उत्सव (ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइने छ ।
सीमित अवधिका लागि ग्राहकले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा ५ लाख १५ हजार रुपैयाँ बराबर लाभ समावेश हुनेछ ।
यी लाभमा नगद छुट, आकर्षक एक्स्चेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा साथै ब्याट्री र मोटरमा ८ वर्ष (१ लाख ६० हजार किलोमिटर) को उत्कृष्ट वारेन्टी समावेश छन् । त्यसैगरी ग्राहकले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।
जिकरले पनि ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ जस अन्तर्गत नगद छुट, एक्स्चेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर र चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर समावेश छन् ।
साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ सहित प्रदर्शनमा रहेको छ । यसमा २६ हजार ३ ससय २० रुपैयाँको मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधा समेटिएको छ ।
त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आवका लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टी सुविधा प्राप्त गर्नेछन् ।
त्यसैगरी लिपमोटरले ‘वाडा मा नाडा अफर’ घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर ‘सि–टेन’ ६७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बुक गर्न सकिने छ । वाडा विशेष अफरमा २० प्रतिशत डाउन पेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन् भने अटो शोमा स्टल नम्बर ‘ए–टु’ भ्रमण गर्ने ग्राहकले लिपमोटरका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4