+
+
Shares

महानगरले भन्यो- भोलिको जात्रा प्रभावित हुनेगरी सभा, सम्मेलन नगर्नू

काठमाडौंको यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका स्थानहरूमा जात्रा सञ्चालन हुने महानगरले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते २१:२०

१४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार (चैत १५) महानगरभित्र पहाँचर्‍हे जात्रा मनाइने क्षेत्रमा कुनै सभा, सम्मेलन र अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ ।

महानगरभित्र मनाइने उक्त जात्रा महत्त्वपूर्ण भएको भन्दै बसन्तपुर, न्युरोड लगायतका क्षेत्रमा उक्त सभा, प्रदर्शन नगर्न आग्रह गरिएको हो ।

शुक्रबार काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । उक्त प्रदर्शनलार्य लक्षित गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

राजावादीहरूले काठमाडौंको तिनकुनेमा सभा आयोजनाका लागि स्थान पाएका छन् भने गणतन्त्रवादीहरूलाई भृकुटिमण्डपमा ठाउँ उपलब्ध गराइएको छ ।

उक्त सभाका कारण जात्रामा अवरोध नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै महानगरले वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनका लागि अनुरोध गरेको हो ।

काठमाडौंको यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका स्थानहरूमा जात्रा सञ्चालन हुने महानगरले बताएको छ ।

‘जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरुले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ,’ नगर कार्यपालिकाले सूचना जारी गर्दै भनेको छ ।

त्यस्तै, महानगर प्रहरी बलले पनि सो क्षेत्रको रुटमा सहज आवागमनका लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?