+

ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता

२०८१ चैत  १५ गते ७:३४ २०८१ चैत १५ गते ७:३४
ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता

१५ चैत, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा गएराती ओसासुनालाई ३-० ले हराएको छ । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेस, डानी ओल्मो र रोवर्ट लेवान्डोस्कीले गोल गरे ।

फेरानले ११औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको दश मिनेटपछि ओल्मोले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप्यो ।

लेवान्डोस्कीले ७७औं मिनेटमा गोल गरे ।

जितपछि बार्सिलोनाले २८ खेलबाट ६३ अंक जोड्दै दोस्रो स्थानमा रियल मड्रिडमाथि ३ अंकको अग्रता बनाएको हो ।

समान खेलबाट रियलको ६० अंक छ । एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा छ ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय