
नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य (वायाँ) र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ
१५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पेशीका लागि सूचिकृत छ ।
घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ क्रममा छ ।
घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् ।
शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4