+
+
Shares

ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफर्मेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते ११:५७

१५ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडेल अगाडि बढाउन एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे ।

सम्झौता अनुसार विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आईएमई बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक क्षेत्र पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सुझाव प्रदान गर्ने छ ।

यसका साथै आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवर्द्धन गर्न फिनटेक सम्भाव्यता अध्ययन गरी ग्लोबल आईएमई बैंकलाई सल्लाह समेत प्रदान गर्ने छ ।

यो सम्झदारीपछि बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधा रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवा विकास गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आईएमई बैंक आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको डिजिटल बैंकिङ सेवा गर्न प्रतिबद्ध रहेको बताउँदै सीईओ रेग्मीले यो सम्झौताले बैंकको डिजिटल बैंकिङ प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा विकास र प्रयोग गर्न सहयोग पुग्ने जानकारी दिए ।

उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्भरिबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उपचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अर्वाड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकक रूपमा सम्मानित बैंक हो । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा सम्मानित भएको बैंक हो ।

ग्लोबल आइएमई बैंकले हाल ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल यसका ३ सय ५५ शाखा कार्यालय, ३ सय ८५ एटीएम, २ सय ३७ शाखारहित, ६७ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?