+
+
Shares

एनसेल एनएसएल : ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन् । ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १२:०६

काठमाडौं । शनिबारदेखि सुरु हुन गइरहेको बहुप्रतीक्षित ‘एनसेल नेपाल सुपर लिग’ (एनएसएल) सिजन–३ मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ ।

यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन् । ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दै छ ।

यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौसला प्रदान गर्ने विश्वास लिइएको छ । यो सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभा विकासमा सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौं,’ एनसेलका चीफ कमर्सियल अफिसर उमर मोहसिनले भने ।

एनसेल एनएसएल सिजन–३ ले नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

शनिबारदेखि सुरु भई १३ वैशाख २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन–३ मा एनसेल प्रमुख प्रायोजकका रूपमा पहिला नै आबद्ध भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?