+
+
Shares

समाजवादी मोर्चाको र्‍याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १२:२२

१५ चैत, काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डपका लागि जुलुस निस्किएका छन् ।

जुलसको नेतृत्व मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूसमेतले गरेका छन् ।

प्राप्त जानकारी अनुसार कोटेश्वर हुँदै पूर्वबाट आउनेहरू बबरमहलमा जम्मा हुने कार्यक्रम छ । जसको नेतृत्व माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणी पोखरेल, मातृका यादव लगायतले गर्नेछन् ।

ललितपुर हुँदै दक्षिणबाट आउनेहरू कुपण्डोलमा जम्मा भएर अघि बढ्ने कार्यक्रम तय भएको छ । जसको नेतृत्व माओवादी नेतृ पम्फा भुसाल, यशोदा सुवेदी, जयपुरी घर्ती लगायतले गर्दैछन् ।

कलंकी हुँदै पश्चिमबाट आउनेहरू त्रिपुरेश्वरमा जम्मा हुनेछन् । यो समूहको नेतृत्व माओवादी उपमहासचिव जनार्दन शर्माले गर्दैछन् । उनीसँगै अञ्जना विसंखे, शालिकराम जम्मकट्टेल, देवेन्द्र पराजुली लगायत हुनेछन् ।

त्यस्तै, बालाजु हुँदै उत्तर पश्चिमबाट आउनेहरू सोह्रखुट्टेमा जम्मा हुँदैछन् । जसको नेतृत्व शक्तिबहादुर बस्नेतले गर्नेछन् । उनीसँर्ग चक्रपाणी खनाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ लगायतका नेता हुनेछन् ।

यस्तो छ नेतृत्व गर्नेहरूको सूची :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?