+
+
Shares

रत्नपार्कबाट भृकुटीमण्डपतर्फ बढ्यो समाजवादी मोर्चाको जुलुस (तस्वीरहरू)

समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता-कार्यकर्ताहरू आउने क्रम जारी छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ चैत १५ गते १३:२५

१५ चैत, काठमाडौं । भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।

समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता-कार्यकर्ताहरू आउने क्रमम जारी छ ।

मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेत्रित्व गरेका छन् ।

सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

              

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?