+
+
Shares

तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित समर्थकहरू तीनकुने पुगेका हुन् । उनीहरूले पृथवीनारायण शाह, महेन्द्र विरविक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्वीरसहितका ब्यानर बोकेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ चैत १५ गते १३:२०

१५ चैत, काठमाडौं । राजतन्त्र पुनर्स्थापनासहितको प्रदर्शनका लागि काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरू भेला भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित समर्थकहरू तीनकुने पुगेका हुन् ।

उनीहरूले पृथवीनारायण शाह, महेन्द्र विरविक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्वीरसहितका ब्यानर बोकेका छन् ।

राजसंस्था पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी, कमाण्डर दुर्गा प्रसाईं लगायतले जुलुसको नेतृत्व गर्दै अहिले तीनकुने पुग्दैछन् ।

विवादित धर्मगुरु आचार्य श्रीनिवास पनि राजावादी समूहको आन्दोलनमा सहभागी हुन पुगेका छन् ।

त्यस्तै, तीनकुनेबाट नयाँ बानेश्वरतर्फ आउन खोजेपछि राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको थियो ।

सो क्रममा केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको थियो ।

प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।

तस्वीरहरू:

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?