+
+
Shares

संसदको गतिरोध अन्त्यका लागि राजनीतिक सहमति खोजियोस् : नारायण दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १३:३७

१५ चैत, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संसदको गतिरोध अन्त्यका लागि राजनीतिक सहमती खोज्न आग्रह गरेका छन् ।

विगत केही दिन देखि संसदको कामकारबाही चल्न सकेको छैन । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीमा सरकारको जवाफ मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने विपक्षी दलहरूको आडान छ ।

प्रधानमन्त्री ओली जवाफका लागि तयार भएका छैनन । सत्तापक्ष र प्रतिपक्षको अडानले संसदमा गतिरोध पैदा भएपछि सभाध्यक्ष दाहालले राजनीतिक सहमती खोज्न आग्रह गरेका हुन् ।

‘दलहरू आफैँ सक्रिय बनेर कसरी समाधान गर्ने हो ? सत्तापक्ष एकातिर प्रतिपक्ष अर्कोतिर कानमा तेल हालेर बसेर समाधान हुँदैन । राजनीतिक सहमति खोजियोस्’ दाहालले शुक्रबार सभाकै बैठकमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?