+
+
Shares

प्रदर्शनको दिन संसद् बैठक राखेकोमा विपक्षीको आपत्ति

सांसद विश्वकर्माले विपक्षीको प्रदर्शनको दिन संसद् बैठक राखेकोमा आपत्ति जनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १३:३९
सांसद तुलप्रसाद विश्वकर्मा ।

१५ चैत, काठमाडौं । विपक्षी दलहरूको प्रदर्शनको दिन संसद् बैठक राखेको भनेर सांसदहरूले आपत्ति जनाएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए ।

सांसद विश्वकर्माले विपक्षीको प्रदर्शनको दिन संसद् बैठक राखेकोमा आपत्ति जनाए ।

‘विगतमा विपक्षीको प्रदर्शनको दिन वा कार्यक्रम रहेको दिन संसद् बैठक नराख्ने अभ्यास थियो । तर, आज त्यस्तो भएन । यसकारण बैठक स्थगित गरियोस्,’ उनले भने ।

शुक्रबार विपक्षी दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले सडक प्रदर्शन गर्दैछन् ।

शुक्रबार नै राजतन्त्र पक्षधरहरूको पनि प्रदर्शन छ । यस्तो प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?