+
+
Shares

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १३:५०

१५ चैत, काठमाडौं । राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।

त्यसपछि सभाध्यक्ष नारायाण दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले विपक्षीको प्रदर्शनको दिन संसद बैठक राखेकोमा आपत्ति जनाए । कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरे ।

यही माग राखेर केही दिनदेखि विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

शुक्रबार पनि १७ मिनेटसम्म सभा अगाडि जान नसकेपछि सभाध्यक्ष नारायण दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित गर्नु अगाडि सभाध्यक्ष दाहालले संसद्‍को गतिरोध अन्त्यका लागि राजनीतिक सहमति खोज्न आग्रह गरेका छन् ।

‘दलहरू आफैँ सक्रिय बनेर कसरी समाधान गर्ने हो ? सत्तापक्ष एकातिर प्रतिपक्ष अर्कोतिर कानमा तेल हालेर बसेर समाधान हुँदैन । राजनीतिक सहमति खोजियोस्,’ दाहालले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?