
१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको बन्दुक खोसेका छन् ।
शुक्रबार राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीसँग अश्रुग्याँस प्रहार गर्ने हतियार खोसेका हुन् ।
प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ ।
प्रदर्शनकारीले दमकलमाथि समेत ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेकाे स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए ।
प्रदर्शनकारीहरूले कान्तिपुर, अन्नपूर्ण पोष्ट लगायतका सञ्चारमाध्यमविरुद्ध समेत आक्रोश पोख्दै कार्यालयमा तोडफोड गर्न उक्साएका थिए । राजावादी समूहका नेताहरूले स्टेजबाटै समेत तोडफोड गर्न भन्दै भीडलाई उत्तेजित पारेका थिए ।
प्रतिक्रिया 4