+
+
Shares

अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:५०

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा भएको छ ।

राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको हो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।

यसअघि तीनकुनेको घरमा पनि तोडफोड गर्दै आगजनी भएको थियो ।

प्रदर्शनकारीले आगो निभाउन गएको दमकलमाथि पनि ढुंगा प्रहार गरेपछि दमकल फर्किएको थियो । त्यसपछि प्रहरीले सुरुमा अश्रुग्यास र पछि हवाई फायर गरेको थियो ।

झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?