१५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टोली धनगढी एफसीले जर्सी सार्वजनिक गरेको छ । धनगढीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै १६ चैत देखि सुरु हुने एनएसएलको तेसो संस्करणको लागि आधिकारिक जर्सी सार्वजनिक गरेको हो ।
धनगढी एफसीका मालिक सुबास शाही र प्रायोजक माई सेकेण्ड टिचरकी पमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । यस्तै धनगढीको अफिसियल थिम सङ पनि सार्वजनिक गरिएको थियो ।
धनगढी एफसीका अध्यक्ष सुबाश शाहीले टिम राम्रो बनेको र मैदानम एक पटकमा एक खेल सोचेर खेल्न र उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । शाहीले मुख्य स्पोनसर गरेकोमा माई सेकेण्ड टिचरलाई धन्यवाद दिए ।
उनले नेपालमा खेलकुदको भविष्य राम्रो बन्दै गएको र ग्रासरुट राम्रो बनिरहेको उल्लेख गर्दै एनएसएलले फुटबल विकासमा सहयोग पुग्ने बताए ।
माई सेकेण्ड टिचरकी प्रमुख मेधा भट्टराईले धनगढी एफसीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको र खेलकुद र शिक्षालाई सँगै अघि बढाउने आफूहरुको योजना रहेको बताईन् ।
धनगढीले तेस्रो सिजनका लागि कृतिश रत्न छुन्जुलाई मार्की प्लेअर नियुक्त गरेको छ ।
प्रतिक्रिया 4