+

दुर्गेश बने धनगढी एफसीको गूडविल एमबासडर

२०८१ चैत  १५ गते १६:५५ २०८१ चैत १५ गते १६:५५
दुर्गेश बने धनगढी एफसीको गूडविल एमबासडर

१५ चैत, काठमाडौं । गायक दुर्गेश थापा नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टोली धनगढी एफसीको गूडविल एम्बासडरमा नियुक्त भएका छन् ।

शुक्रबार एक कार्यक्रम गर्दै दुर्गेशलाई गूडविल एम्बासडरको रूपमा सार्वजनिक गरिएको हो । कार्यक्रमा टोलीको थिम सङ पनि सार्वजनिक भएको छ ।

गीतमा दुर्गेशकै आवाज छ भने उक्त गीत हाल चर्चामा रहेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतकै शैलीमा छ । उनको उक्त गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको थियो ।

आजै धनगढी एफसीको जर्सी पनि सार्वजनिक गरिएको छ । धनगढी एफसीका मालिक सुबास शाही र प्रायोजक माई सेकेण्ड टिचरकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका थिए ।

धनगढीले तेस्रो सिजनका लागि कृतिश रत्न छुन्जुलाई मार्की प्लेअर नियुक्त गरेको छ ।

दुर्गेश थापा धनगढी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय