
१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गर्दैछ ।
गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलनको तयारी गरेको हो । बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
‘राजावादी समूहको प्रदर्शनको समीक्षा गर्दै अबको योजना र कर्फ्यूबारे जानकारी दिइनेछ ।’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4