+
+
Shares

जडीबुटीकी महाप्रबन्धक भन्छिन्- अचानक ढुंगामुढा र आगजनी भएपछि ज्यान जोगाएर भाग्यौं

आगजनीबाट पार्किङमा राखिएका आधा दर्जन गाडी जलेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १८:२४

१५ चैत, काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरेको कम्पनीकी महाप्रबन्धक संगीता यादवले बताइन् ।

उनका अनुसार आगजनीबाट पार्किङमा राखिएका आधा दर्जन गाडी जलेका छन् ।

‘हामी अफिसका कर्मचारी भित्र बसेर काम गरिहेका थियौं । अचानक बाहिरबाट ढुंगामुढा गर्न थाले,’ महाप्रबन्धक यादवले अनलाइनखबरसँग भनिन्, ‘ भवनको सिसामा फुटाउन थालेपछि ज्याउन जोगाउन पछाडिको बाटो भएर भाग्यौं ।’

उनका अनुसार मुख्य भवनमा आगो लागेको छ । सँगै पछाडि जोडिएको भवनमा तेल स्टोर गरेर राखिएको छ ।

‘स्टोरमा आगो सल्किए । जडीबुटी कम्पनी मात्रै होइन, जडीबुटी क्षेत्र नै जोखिममा पर्छ,’ यादवले भनिन्, ‘ यदि विस्फोट भयो भने ठूलो क्षति हुने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?