
१५ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलेको छ ।
परियार शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए ।
बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर जलाइ दिएका हुन् ।
परियारलाई गाडीबाट निकालेर राजावादी प्रदर्शनमा संलग्न युवाहरूले परियार चढ्दै आएको १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4