+
+
Shares

तीनकुने घटनाको सरकारबाट भर्त्सना, घाइतेको उपचार गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते २३:०३

१५ चैत, काठमाडौं । सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गरेको छ । शुक्रबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सरकरका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको पनि उनले बताए ।

त्यस्तै, शुक्रबारको घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था सरकारले नै मिलाउने निर्णय भएको पनि उनले जानकारी दिए ।

आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

‘आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ सूचना सञ्चार तथा प्रविधिमन्त्री समेत रहेका गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?