
१५ चैत, काठमाडौं । सरकारले राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुरक्षा निकायका प्रमुखहरुले गरेको ब्रिफिङमा सुरक्षा अधिकारीले तीनकुने घटनाका मुख्य योजनाकारका रुपमा रहेका प्रसाइँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको जानकारी गराएका थिए ।
राजावादीका कमाण्डर प्रसाइँले भीडलाई हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको मात्रै नभई आफैँले चलाएको गाडीले किचेर प्रहरीहरुलाई हत्या गर्ने प्रयास गरेको आरोप सरकारको छ । उनी अहिले कुन स्थानमा बसेका छन् भन्ने हालसम्म पत्ता लाग्न नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4