+
आईपीएल २०२५ :

आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै

२०८१ चैत  १६ गते ८:२५ २०८१ चैत १६ गते ८:२५
आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै

१६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बेलुकी पौने ८ बजेदेखि खेल सुरु हुनेछ । गुजरातको कप्तानमा शुभमन गिल छन् भने मुम्बईका नियमित कप्तान हार्दिक पान्ड्या पहिलो खेलमा प्रतिबन्धपछि आज फर्किँदै छन् ।

दुवै टोली पहिलो खेलमा पराजित भएर दोस्रो खेलमा आइपुगेका छन् । गुजरात घरेलु मैदानमा पञ्जाब किङ्ससँग पराजित भएको थियो भने मुम्बई चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो ।

हालसम्म भएका ५ खेलमा गुजरातले ३ खेल जितेको छ भने मुम्बईले २ खेल जितेको छ । यस मैदानमा भएका ३ वटै खेल गुजरातले जितेको छ ।

मुम्बई गत सिजन पुछारमा रहेर फिनिस गरेको थियो । ५ पटकको च्याम्पियन टोली मुम्बईले सन् २०२० यता उपाधि जितेको छैन ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय