+

तिलोत्तमा गोल्डकपको उपाधिका लागि एपीएफ र चर्च ब्वाइज खेल्दै

२०८१ चैत  १६ गते १०:५४ २०८१ चैत १६ गते १०:५४
तिलोत्तमा गोल्डकपको उपाधिका लागि एपीएफ र चर्च ब्वाइज खेल्दै

१६ चैत, बुटवल । २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि विभागीय टिम एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दै छन् । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

जिल्ला फुटबल संघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय र भारतका दुई सहित ८ टिमले भाग लिएका थिए ।

एपीएफ क्लबले पहिलो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने चर्च ब्वाइजले अन्तिम सेमिफाइनलमा मच्छिन्द्र एफसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

आयोजक एन्फा रुपन्देहीले शुक्रबार गरेको प्रिम्याच प्रेस कन्फेरेन्समा दुबै टिमले उपाधि जित्ने रणनीति सहित फाइनल खेलको तयारी गरेको बताएका छन् ।

एपीएफका प्रशिक्षक टोप विष्टले सात वर्षदेखि खेल्दै आएको टिमको तालमेल जितका लागि बलियो पक्ष भएको बताए । चर्च ब्वाइजका प्रशिक्षक आशिक थापा मगरले ४ जना विदेशी खेलाडी सहित बलियो टिम बनेको र यसअघि भएको खेलमा पनि एपीएफलाई पराजित गरेकाले उपाधि जित्ने दावी गरे ।

एन्फा रुपन्देही अध्यक्ष लोक पुनले नेपालका क श्रेणीका ४ वटा गोल्डकप मध्ये तिलोत्तमा गोल्डकप एउटा भएको उल्लेख गर्दै प्रतियोयिोतिको प्राविधिक पक्ष धेरै राम्रो रहेको बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ,उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ , उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई नगद ३१ हजार रुपैयाँका दरले तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल पुरस्कार दिइने संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

नेपालमा हुने क श्रेणीका चार गोल्डकप मध्येको एक तिलोत्तमा गोल्डकपमा दुई विभागीय र भारतका दुई सहित ८ टिमले प्रतिस्पर्धा गरेका छन् । २२औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।

तिलोत्तमा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय