+
+
Shares

तीनकुनेको घटनामा संलग्नलाई कारबाही गर : बार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १६:११

१६ चैत, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले तीनकुने घटनाको अनुसन्धान गरी संलग्नमाथि कारबाही गर्न माग गरेको छ ।

नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानविन र अनुसन्धान गर्न माग गरेको हो । महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुन बमोजिम हदैसम्मको सजायको निमित्त राज्य पक्षसँग जोडदार माग गर्दछौं ।’

राजावादीहरूको भिडले सिर्जना गरेको परिस्थितीका कारण पत्रकार सुरेश रजक र अर्का सर्वसाधारण सविन महर्जनको मृत्यु भएको भन्दै बारले घाइतेहरूको उपचारमा ध्यान दिन माग गरेको छ ।

सञ्चारगृह, राजनीतिक दलका कार्यालय, ल फर्म, लगायतका ठाँउमा लुटपाट र आगजनी भएको भन्दै बारले त्यस्ता घटनालाई गम्भिरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?