
१६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग्य गर्भनर ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
व्यवस्था बलियो बनाउन जनताको अवस्था सुधार गर्नुपर्ने र जनताको अवस्था सुधार गर्नका लागि अर्थतन्त्र सबल बनाउन आवश्यक रहेको उनले बताए ।
शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘योग्य गर्भनर ल्याउनुहोस् । यस्तो मान्छे आओस्, प्रणालीमा सुधार गरोस्,’ प्रचण्डले भने ।
व्यक्तिगत वा पार्टीगत स्वार्थ हेरे जनताको अवस्थामा सुधार ल्याउने विषय ओझेलमा पर्न सक्ने उनको आग्रह छ ।
उनले अगाडि थपे, ‘कसलाई ल्याउँदा कति फाइदा हुन्छ भनेर हेर्ने होइन । यो मैले खबरदारीको रुपमा भनेको हुँ ।’
प्रतिक्रिया 4