+
+
Shares

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालले बुझाए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २०:३५

१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन् ।

उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ ।

गत साल फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाले बराललाई उपकुलपति नियुक्त गरेको थियो ।

तर, बरालको नियुक्ति र कार्यशैलीमाथि सत्तारुढ दल नेकपा एमालेले प्रश्न उठाएको थियो ।

‘प्रधानमन्त्री कार्यालयमा उहाँ आउनसक्ने अवस्था छैन । यदी त्यस्तो थियो भने उहाँले काम नै गरिहाल्नुहुन्थ्यो,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो ।

बरालले केहीदिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले राजीनामा दिने जानकारी गराएका थिए । प्रचण्डले यसबारे शनिबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा बताए ।

सोही बैठकमा रहेका एक प्राध्यापकका अनुसार बरालले आफूलाई राजीनामा दिन बाध्य पारिएको गुनासो प्रचण्डसँग गरेका थिए ।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?