
१६ चैत, बिर्तामोड । अमेरिकाबाट डिपोर्ट भएका ४ भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।
उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए । त्यसक्रममा उनीहरु भाग्दै भारत हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले अध्यागमन कानुनको उल्लंघन गरेको पाइएको प्रहरीले जनाएको छ ।
चारै जनालाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय, काँकड्भिट्टा पठाउने तयारी भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4