+
+
Shares
फेसन :

स्वस्तिमा, प्रियंका, आनासहितका सेलिब्रेटीको क्याटवाक (तस्वीर)

नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको शोको बाँकी संस्करण शनिबार सम्पन्न भएको छ । शोमा आइसी कलेजका सन् २०२३ को ब्याजका १०२ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक पहिरनका डिजाइन २५ सिक्वेलमा प्रस्तुत हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २१:२५

काठमाडौँ । स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, प्रियंकारानी जोशी, समर्पणजंग कार्की, सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका सेलिब्रेटी एउटै रनवेमा प्रस्तुत भएका छन् ।

१४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो-स्टपरको रुपमा आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत भए ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५० डिजाइनरको कलेक्सनलाई सेलिब्रेटीले १२ श्रृंखलामा प्रस्तुत गरे । भारतीय फेसन कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको सहभागिता रहेको शो होटल याक एण्ड यतिमा सम्पन्न भएको थियो ।

नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको शोको बाँकी संस्करण शनिबार सम्पन्न भएको छ । शोमा आइसी कलेजका सन् २०२३ को ब्याजका १०२ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक-फरक पहिरनका डिजाइन २५ सिक्वेलमा प्रस्तुत हुनेछन् ।

आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले शोको उद्देश्य नेपालका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?