+
+
Shares
सेलिब्रेटी :

जुकाले गालामा टोकाएर थेरापी गरेपछि एलिना : मनको डर हटाउन खोजेकी हुँ

‘मलाई सानैदेखि जुकाहरूदेखि एकदमै डर लाग्थ्यो । आफ्नो मनको फियर भगाउन मैले यो थेरापी गर्न खोजेको हुँ । यसले स्किन पनि राम्रो गर्छ । फोहोर ब्लडहरू खान्छ’ एलिना भन्छिन्, ‘खिलहरू पनि खान्छ रे ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २१:२४

काठमाडौँ । गायिका एलिना चौहान प्रायःजसो मिडियाको ‘लाइमलाइट’मा हुन्छिन् । श्रीमानसँग सम्बन्धविच्छेद पछि उनी मेला महोत्सवमा प्रस्तुति दिन ब्यस्त रहिन् । उनको सहकार्य रहेको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा छ ।

यतिबेला भने एलिना नयाँ कुराले चर्चामा छिन् । जुकाले गालामा टोकाएर थेरापी गरेको उनको रिल्स भिडियो सामाजिक संजालमा भाइरल छ । उनको यो भिडियो ट्रोल बनिरहेको छ ।

आफूलाई जुकादेखि डर लाग्ने भएकाले त्यो डरलाई हटाउन भएपनि जुकालाई गालामा टोकाएर थेरापी गरेको उनले बताएकी छन् ।

डण्डीफोरमा जुका हालेर उनले थेरापी गरेको भिडियो सामाजिक संजालमा हेर्न सकिन्छ । ‘मलाई सानैदेखि जुकाहरूदेखि एकदमै डर लाग्थ्यो । आफ्नो मनको फियर भगाउन मैले यो थेरापी गर्न खोजेको हुँ । यसले स्किन पनि राम्रो गर्छ । फोहोर ब्लडहरू खान्छ’ एलिना भन्छिन्, ‘खिलहरू पनि खान्छ रे । मेन भनेको आफ्नो मनमा जे जे कुराको डर छ नि, त्यो कुराहरू हटाउन ट्राइ गरेको हो । यो चाहिँ नयाँ ट्राइ हो । मलाई चाहिँ डर लाग्न छाडिसक्यो ल ।’

एलिना पछिल्लो समयकी डिमान्डेड गायिका हुन् । यो समाचार लेख्दासम्म एलिना युट्युब म्युजिकमा एलिना यो महिना युट्युब म्युजिकमा नेपालभित्र धेरै सुनिने नेपाली गायिका हुन् । अरजित सिंह र अल्का यागनिकपछि उनी तेस्रो स्थानमा छिन् । चौंथोमा दुर्गेश थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?