+
+
Shares

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी ७ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १२:०८

१७ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि २५ अर्ब बराबर तरतला खिच्न लागेको छ ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी ७ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?