+
+
Shares

नेपालका पुल स्तरोन्नति तथा मर्मत गर्न विश्व बैंकबाट साढे २० अर्ब स्वीकृत

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर बराबरको प्याकेज अनुमोदन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १२:१४
फाइल तस्वीर

१७ चैत, काठमाडौं । नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर (साढे २० अर्ब रुपैयाँ हाराहारी) सहायता स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर बराबरको प्याकेज अनुमोदन गरेको बैंकले जनाएको छ ।

पुल मर्मत तथा स्तरोन्नतिका माध्यमबाट नेपालको विविध चूनौतीपूर्ण भेगमा सुरक्षित र निर्वाध सम्पर्क स्थापित गर्ने विश्व बैंकले जनाएको छ ।

यो कार्यक्रम सडक विभागबाट कार्यान्वयन हुने समेत जनाइएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले यस कार्यक्रमले नेपालको दीगो विकासमा सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?