+
+
Shares
फिल्म :

सुरक्षा पन्त अभिनित फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १६:३६

काठमाडौं । सुरक्षा पन्त स्टारर फिल्म ‘खेल’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेण्डको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत खुलाउँछ ।

ट्रेलरमा सुरक्षासहित कलाकार मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटालाई चित्रण गरिएको छ ।

फिल्मलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् । नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा कथा आधारित छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथी, जसलाई विगतको भयानक घटनाले पछ्याएको छ ।

फिल्मलाई सिरुपाते कट्स प्रालिको ब्यानरमा लुइसराज महर्जन र आशिषराज महर्जनले निर्माण गरेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका हुन् । ‘खेल’ बैशाख १२ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?