
१७ चैत, सुनसरी । सुनसरीको हरिनगरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिनगर गाउँपालिका-२ बस्ने २० वर्षीया जुलेशा खतुन रहेकी छन् ।
गौतमपुरस्थित सडकमा प्र.१-०२-००३ त ५०९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बस्ने २० वर्षीया जुलेशा खतुनको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हरिनगर गाउँपालिका-३ गौतमपुरस्थित सडकमा प्र.१-०२-००३ त ५०९ नम्बरको ट्याक्टरबाट उनी खसेको थिइन् । आइतबार दिउँसो ट्याक्टरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4