+
+
Shares
संगीत :

जातीय र धार्मिक समानताको सन्देश दिने ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते २०:३९
फिल्म ‘वसन्त’को एक दृश्यमा प्रकाश सपुत र स्वस्तिमा खड्का ।

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशन रहेको फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । नेपालका विभिन्न आकर्षक थलोसहित भारतको गोवामा छायांकन गरिएको गीतमा सपुत र स्वस्तिमा खड्का रोमान्टिक रुपमा प्रस्तुत छन् ।

निर्माताले आइतबार पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा अभिनेता तथा निर्देशक सपुतले मानिस जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए ।

गीतमा मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ । यसले कथा र मर्मलाई चित्रण गर्ने भनिएको छ । गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

सपुतको शब्द रचना र संगीत तथा योगेश काजीको संगीत संयोजन छ । सुसन प्रजापतिको छायांकन, केविका खत्रीको नृत्य र प्रवीण भट्टको सम्पादन छ । यो फिल्म चैत २२ गतेदेखि प्रदर्शन तयारीमा छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?