+
+
Shares

ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १२:०९

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमापत्ति गरेको छ ।

राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीले बोल्दै गर्दा संसद्को नियमावली नियम २१ को होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसद्को रेकर्डबाट हटाइयोस्,’ उनले भने, ‘एयरपोर्टमा स्वागत गरिएको विषयलाई उहाँले कथित बनाउनुभयो ।’

उक्त विषय संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छन् । साथै, प्रधानमन्त्रीबाट होच्याउने काम भएको पनि जिकिर गरेका छन् ।

त्यसबारे सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जानकारी संसद्लाई गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?