+

बच्चामा मोटोपना हुँदा देखिन्छन् यी ६ समस्या, के गर्ने ?

२०८१ चैत  १८ गते १२:१८ २०८१ चैत १८ गते १२:१८
बच्चामा मोटोपना हुँदा देखिन्छन् यी ६ समस्या, के गर्ने ?

आजकाल अस्वस्थ जीवनशैलीका कारण वयस्कदेखि बालकालिका सम्म मोटोपनको समस्याबाट पीडित छन् । यही मोटोपन गम्भीर स्वास्थ्य समस्याका कारण बनिरहेको छ। मोटोपनाका कारण बालबालिकामा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या पनि देखिन सक्छ। साथै अन्य गम्भीर रोगको कारण पनि बन्न सक्छ ।

आजकालका बच्चाहरू जंक फुड र प्रशोधित खाना बढी खाने गर्छन् । यसले पनि मोटोपना बढाइरहेको हुन्छ । मोटोपनका कारण बालबालिकामा निम्न स्वास्थ्य समस्या देखिन्छ ।

१.रगतमा ग्लुकोजको मात्रा बढी

मोटोपनाका कारण इन्सुलिन प्रतिरोध बढ्न सक्छ । यसले टाइप २ मधुमेह देखिने खतरा हुन्छ ।

२.श्वास–प्रश्वासको समस्या

मोटो भएपछि बच्चालाई दौडिँदा वा केही समय हिँड्दा पनि श्वास बढेर गाह्रो हुनसक्छ । दम, सुतेका बेला घुर्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या पनि देखिन सक्छन् ।

३.जोर्नीहरूमा समस्या

मोटोपनाका कारण तौलको भार बढी हुने हुँदा बालबालिकामा जोर्नीको समस्या देखिन सक्छ । यसले गर्दा दुखाइ हुने, हिँडडुल गर्न कठिन हुन्छ । बालबालिकाको शारीरिक विकासमा असर पुग्छ।

४.फ्याटी लिभरको समस्या

अस्वस्थ खानपानका कारण बालबालिकाको कलेजोमा अस्वस्थ बोसो जम्मा हुन थाल्छ । यही कारणले गर्दा मोटोपन झन् बढिरहेको हुन्छ । कजेलोमा धेरै मात्रामा खराब बोसो जम्मा हुँदा यसले कलेजोको कार्यक्षमतामा असर पर्छ ।

५.मुटु सम्बन्धी समस्या

मोटोपनाका कारण बालबालिकाको मुटुमा दवाव पर्छ । यसले मुटुसम्बन्धी विभिन्न समस्या निम्त्याउन सक्छ । कम उमेरमै उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या देखिन पनि सक्छ ।

६.मानसिक समस्या

मोटोपनाका कारण बालबालिकाले आफूलाई असहज महसुस गरिरहेका हुन सक्छन् । आत्मविश्वासमा कमी आउने, लाज मान्ने समस्या पनि देखिन सक्छ । यसले मानसिक दवाव सिर्जना भएर बालबालिका मानसिक रोगको शिकार बन्ने जोखिम पनि रहन्छ ।

के गर्ने ?

कम उमेरमै हुने यस खालका स्वास्थ्य समस्याबाट जोगाउन बालबालिकालाई मोटोपनबाट बचाउनुपर्छ । बालबालिकालाई अनावश्यक मोटो हुन नदिन दुई कुरामा विशेष ध्यान दिनु आवश्यक छ।

खानपान

बच्चालाई दान दिँदा घरमै बनाइएका स्वस्थ खानामा खुवाउनुपर्छ । सिजनअनुसारका फलफूल, गेडागुडी, सागपात तथा फाइबरयुक्त खानामा जोड दिनुपर्छ । बजारका प्रशोधित खाना तथा मिठाइहरू कम खुवाउनुपर्छ ।

शारीरिक व्यायाम

कोही बच्चा शान्तसँग घरमै बसिरह्यो भने राम्रो मान्ने र खुसी हुने अभिभावक पनि हुन्छन् । अहिलेका धेरै बच्चाहरू डिजिटल डिभाइसहरूमा भुलेर एकै ठाउँ बसिरहन मनपराउन पनि हुन्छन् ।

यसो हुँदा बालबालिकामा मोटोपनको समस्या देखिन सक्छ । त्यसैले बच्चालाई शारीरिक कसरत हुने गतिविधिमा संलग्न गराउनुपर्छ । दौडिँने, उफ्रिँने, साइकल चलाउने जस्ता गतिविधि गर्न प्रेरित गर्नुपर्छ ।

बाल स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बच्चामा मोटोपना हुँदा देखिन्छन् यी ६ समस्या, के गर्ने ?

बच्चामा मोटोपना हुँदा देखिन्छन् यी ६ समस्या, के गर्ने ?

छाला रोग विशेषज्ञहरूको संस्था सोसाइटी अफ डर्माटोलोजिस्टको अध्यक्षमा डा. मनिषा सिंह

छाला रोग विशेषज्ञहरूको संस्था सोसाइटी अफ डर्माटोलोजिस्टको अध्यक्षमा डा. मनिषा सिंह

बिरामी निको भए पनि एन्टिबायोटिकको पूरा डोज खानुपर्छ, किन ?

बिरामी निको भए पनि एन्टिबायोटिकको पूरा डोज खानुपर्छ, किन ?

‘किशोरीहरूले महिनावारी कपभन्दा प्याड सहज मान्छन्’

‘किशोरीहरूले महिनावारी कपभन्दा प्याड सहज मान्छन्’

संघीय अस्पताल विकास समितिको आम्दानीबाट १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा हुने

संघीय अस्पताल विकास समितिको आम्दानीबाट १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा हुने

मधुमेहको समस्यामा कुन-कुन फलफूल खान हुँदैन ? यसो भन्छन् चिकित्सक

मधुमेहको समस्यामा कुन-कुन फलफूल खान हुँदैन ? यसो भन्छन् चिकित्सक