+
+
Shares

राप्रपा नेताहरूको रिहा गर्न माग राखेर माइतीघरमा प्रदर्शन

झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेता लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहाको माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ चैत १८ गते १४:११

१८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण भातृ संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

काठमाडौंको तीनकुने घटनामा राज्य पक्षले दमन गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेता लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहाको माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रदर्शनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, घटनाको न्यायिक समिति बनाइ छानबिन गर्नुपर्ने लगायत माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?