
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखक तथा पत्रकार कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पर्ण गरेका हुन् ।
उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।
कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।
सो क्रममा उनले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि अवलोकन गरेका छन् । गत चैत १५ गते भएको प्रदर्शनका कारण एकीकृत समाजवादीको कार्यालयमा क्षति पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4